प्रथम गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि स्याङ्जालाई, सर्वोत्कृष्ट खेलाडी हरि पाण्डे

पाेखरा | पुस १०, २०७९

प्रथम गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि स्याङ्जालाई, सर्वोत्कृष्ट खेलाडी हरि पाण्डे

पोखराः   पोखरामा  सम्पन्न प्रथम गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । 


पोखरा रंगशाला भलिबल कोर्टमा आज (आइतबार) भएको फाइनल खेलमा जिल्ला भलिबल संघ बागलुङलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जितेको हो । 

 


स्याङ्जाले २१–२५, २५–२३, २५–२३, ३०–२८ र १५ १३ को अङ्कको सेटमा पराजित गरेको थियो । 

 


प्रतियोगितामा जिल्ला भलिबल संघ नवलपुर तृतिय र कास्की जिल्ला भलिबल संघ सात्वना भएको थियो । 


प्रतियोगितामा प्रथम भएको स्याङ्जाले २ लाख, द्धितिय भएको बागलुङले १ लाख, तृतिय भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् । 

 

यस्तै विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी जिल्ला भलिबल स्याङ्जाका टिम क्याप्टेन हरि पाण्डे, उत्कृष्ट सर्भर जिल्ला भलिबल नवलपुरका टिम क्याप्टेन घनश्याम चौधरी, उत्कृष्ट ब्लकर स्याङ्जाका देबु राना, लिव्रो राजन दलार्मी मगर, स्पाइकर बागलुङका प्रकाश सुनार, सेटर बागलङका टिम क्याप्टेन मीन सुनार र उत्कृष्ट टिम कोच स्याङ्जा जिल्ला भलिबल संघका राजेन्द्र शर्मा घोषित भए उनीहरु नगद १०/१० हजार पुरस्कार प्राप्त गरे भने सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका टिम क्याप्टेन पाण्डेले २० हजार पुरस्कार प्राप्त गरे । 


गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखाको सहभागिता रहेको छ । प्रतियोगिता पुष ६गतेदेखि १० सम्म भएको थियो । 


 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्